Logo

दुई अर्ब लगानीको राष्ट्रिय खाद्य बैंकको औपचारिक शुभारम्भ, आइपीओ छिट्टै आउने

दुई अर्ब लगानीको राष्ट्रिय खाद्य बैंकको औपचारिक शुभारम्भ, आइपीओ छिट्टै आउने



काठमाडौं । राष्ट्रिय खाद्य बैंकले नयाँ वानेश्वरस्थित केन्द्रिय कार्यालयको शुभारम्भ गरेको छ । पोषिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालयको आज पूजापाठ गरि शुभारम्भ गरिएको छ ।

बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत (पूजापाठ सहित) सुभारम्भ गरिएको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए । २ अर्ब लगानीमा देशब्यापी रुपमा व्यवसायिक कृषि उत्पादन गर्ने, भण्डारण तथा बजारीकरण गर्ने लक्ष्य उदेश्य साथ स्थापना भएको यस बैक नेपालमै नविनतम सोच सहित अघि बढेको बैक हो ।

यस बैकले कृषिमा परनिर्भरता घटाउने, कृषि उत्पादन बढाउने, रोजगारी बढाउने र अर्गानिक उत्पादनमा जोड दिएर जनस्वास्थ्यको विषयलाई सम्बोधन गर्ने उदेश्य लिएको छ ।

हालसम्म यस बैकमा ५९० जना प्रमोटर शेयर सदस्य रहेका छन् । बैंकले त्यसलाई बढाएर १ हजार जना प्रमोर्टर शेयर सदस्य बनाउने उदघोष यसअघि नै गरिसकेको छ । सरकारी मापदण्ड पुरा गरी केही बर्ष भित्रै आइपिओमा जाने समेत बैकको योजना छन् । शेयर सदस्य तथा सरोकारवालाहरु ब्ढाउँदा बैंकको उत्पादनको बजारीकरणलाई पनि सहज हुने भएकोले त्यसरी अघि बढ्न खोजिएको बैकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए ।

यस बैकले पहिलो चरणमा २३ ओटा जिल्लामा यसबर्ष भित्र कृषि उत्पादनको काम थाल्ने प्रक्रिया सुरु गरिसकेको छ । बैंकले त्यसका लागि तराइका विभिन्न जिल्लाहरुमा करिव ६ सय विघा जमिन लिजमा लिइसकेको छ । यसैबर्ष भित्र बैकले उत्पादन गरेका अग्यानिक उन्मुख अनाजहरु शेयर सदस्यहरु तथा उपभोक्ताहरुले उपभोग गर्न पाउने अध्यक्ष उप्रेतिले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL