Logo

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन–सरकार सकेसम्म बन्दाबन्दीको पक्षमा छैन, वर्ष २०७७ निरर्थक भएन

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन–सरकार सकेसम्म बन्दाबन्दीको पक्षमा छैन, वर्ष २०७७ निरर्थक भएन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।

प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामरी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।

वर्ष २०७७ निरर्थक भएन

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताए ।

प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए । सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL