Logo

कम उमेरका युवाहरुमा देखियो संक्रमण, काठमाडौं लगायत ठुला शहरका विद्यालय १ महिना बन्द गर्न सिफारिस

कम उमेरका युवाहरुमा देखियो संक्रमण, काठमाडौं लगायत ठुला शहरका विद्यालय १ महिना बन्द गर्न सिफारिस



काठमाडौं । सरकारले काठमाडौं उपत्यका लगायत ठुला शहरका विद्यालयहरु १ महिना बन्द गर्न सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई यस्तो सिफारिस गरेको हो

। पछिल्लो समय नेपालमा लगातार कोरोना संक्रमित बढेको र सोहीअनुसार मृतक पनि बढेको भन्दै स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । उनका अनुसार हाल देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको छ ।

यो चेन ब्रेक गर्न कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL