Logo

वैदेशिक रोजगारीमा जानेको संख्या ७४ प्रतिशतले घटेपनि साढे ८ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह

वैदेशिक रोजगारीमा जानेको संख्या ७४ प्रतिशतले घटेपनि साढे ८ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह



काठमाडौं । पछिल्लो ८ महिनामा विभिन्न देशबाट नेपाली कामदारहरुले पठाउने रेमिट्यान्स साढे ८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको साउनदेखि फागुन महिनासम्म विभिन्न देशबाट नेपालमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ८ दशमलव ६ प्रतिशतले बढी हो ।

तथ्यांक अनुसार गत बर्ष यस्तो रेमिट्यान्स आप्रबाह १ दशमलव ५ प्रतिशतले बढेको थियो । यस्तै चालु आवको ८ महिनामा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने ७४ दशमलव ८ प्रतिशतले घटेको छ ।

गत बर्ष यस्तो संख्या २४ दशमलव २ प्रतिशतले बढेको थियो । चालु आवको ८ महिनामा अन्तिम श्रम स्वीकृति घटेपनि विप्रेषण आप्रवाह भने उकालो लागिरहेको छ । यस्तै यस अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या पनि ६५ दशमलव २ प्रतिशतले घटेको छ । गत बर्ष यस्तो संख्या २ दशमलव ७ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL