Logo

वर्षको अन्तिम दिन आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वर्षको अन्तिम दिन आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । वर्ष २०७७ को अन्तिम दिन आज (मंगलबार) नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा १ सयले घटेर ८९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८९ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेर प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL