Logo

आफ्नै आमाको ३ करोड सम्पत्ति हडपने राष्ट्र बैंककी निर्देशक शुष्मा रेग्मी पुर्पक्षको लागि कारागार चलान

आफ्नै आमाको ३ करोड सम्पत्ति हडपने राष्ट्र बैंककी निर्देशक शुष्मा रेग्मी पुर्पक्षको लागि कारागार चलान



काठमाडौं । नेपाल राष्ट्र बैंककी निर्देशक शुष्मा रेग्मी रिजाल पुर्पक्षको लागि कारागार चलान भएकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं अनुसार उनकै आमा शोभा रिजालको जाहेरीले बादी नेपाल सरकार र प्रतिवादी रेग्मी रिजालसमेत भएको जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धामा प्रतिवादी रिजाललाई काठमाडौ जिल्ला अदालतको यही चैत ३० गते सोमबारको आदेशले पुर्पक्षको लागि जगन्नाथ देव सुन्धारा महिला बन्दी गृहमा थुनामा पठाईएको हो ।

रेग्मीई यही चैत २२ गते काठमाडौको दरबारमार्गबाट पक्राउ गरिएको हो । उनी बिरुद्ध उनकै आमा ८४ बर्षिय शोशा रिजालले दिएको जाहेरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

रेग्मीले आफ्नै आमाको माछापुच्छ्रे बैंकको लकरमा रहेको गरगहना, सिर्जना फाईनान्स, बिभिन्न सहकारी संस्थाहरु रहेको सेयर समेत गरी झण्डै तीन करोड रुपैयाँ भन्दा बढी सम्पती हडपेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL