Logo

मन्त्रिपरिषद्को बैठक बस्दैं, कोरोना नियन्त्रणका लागि विद्यालय र व्यवसाय बन्द गर्ने विषयमा निर्णय हुनसक्ने

मन्त्रिपरिषद्को बैठक बस्दैं, कोरोना नियन्त्रणका लागि विद्यालय र व्यवसाय बन्द गर्ने विषयमा निर्णय हुनसक्ने



काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बस्न लागेको बैठकमा कोरोना संक्रमण रोकथामका लागि आवश्यक कदमबारे छलफल हुने जनाइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

जसभित्र काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साताका लागि विद्यालय बन्द, राति १० बजेपछि व्यवसाय बन्द गर्ने, सार्वजनिक यातायातमा मापदण्ड पालनामा कडाई गर्ने, ठूला जमघट रोक्नेलगायत सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL