सरकारले भुकम्पबाट घर गुमाएका जनताका लागि तत्काल १० हजार रुपैयाँ अनुदान दिने भएको छ । सरकारले स्वेतपत्र जारी गर्दै जाडोको समयमा कम्वल लगायतका समाग्री किन्नका लागि उक्त रकम दिन लागिएको हो । सम्पूर्ण घर क्षति भएका घरपरिवारका लागि मात्र सो रकम दिइने भएको छ ।
यसैगरी, आंशिक रुपमा घर गुमाएका व्यक्तिहरुलाई सामुहिक जमानीमा ३ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने भएको छ । उनीहरुसँग ऋण लिनका लागि धितो राख्ने जग्गा जमिन नभएको हुने भएकाले सामुहिक जमानीमा सहुलियत ऋण दिन लागिएको हो ।