Logo

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको बजार भाउ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको बजार भाउ



काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले घटेर ८९ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८९ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा रु ५ ले वृद्धि भएर प्रतितोला १२ सय ७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL