Logo

एफएनसीसीआईको भिजन पेपर सार्वजनिक : वार्षिक चार लाखलाई रोजगारी, १० वर्षमा सय अर्ब डलरको अर्थतन्त्र बनाइने

एफएनसीसीआईको भिजन पेपर सार्वजनिक : वार्षिक चार लाखलाई रोजगारी, १० वर्षमा सय अर्ब डलरको अर्थतन्त्र बनाइने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निकै महत्वकांक्षी १० वर्षे भिजन पेपर सार्वजनिक गरेको छ ।

महासंघको ५५औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस–२०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आर्थिक रुपान्तरण–२०३० पुस्तक (भिजन पेपर) को सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको भिजन पेपरमा सन् २०३० सम्ममा नेपालको अर्थतन्त्रको आकार सय अर्ब डलर पुर्याइने उल्लेख गरिएको छ ।

महासंघको वर्तमान नेतृत्वले अबको एक दशकभित्र मुलुकको आर्थिक अवस्था कस्तो हुने भन्ने परिकल्पनासहित भिजन पेपर तयार गरेको हो । महासंघको भिजन पेपरमा मुलुकको अर्थतन्त्र दोहोरो अंकमा वृद्धि गर्ने, आगामी १० वर्षभित्र मुलुकको अर्थतन्त्र १०० अर्ब डलरको पुर्‍याउने र दिगो उच्च आर्थिक वृद्धिमार्फत अतिरिक्त २२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य महासंघले राखेको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले प्रष्ट भिजन लिएर अर्थतन्त्रको सुधारका लागि लाग्न आवश्यक रहेकाले त्यसैको सुरूवात महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण २०३० रहेको बताए । उनले ती लक्ष्य पूरा गर्ने बलियो आधार र सुझावहरुसमेत भिजन पेपरमा दिइएको बताए ।

भिजन पेपर इमानदारितापूर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलरभन्दा बढी लगानी हुने गोल्छाले बताए । जसमध्ये करिब एक सय आठ अर्ब डलर निजी क्षेत्रबाट लगानी हुने उनले बताए । यो भिजन पेपर कार्यान्वयन हुँदा अहिलेको करिब ३४ अर्ब डलरको अर्थतन्त्र १०० अर्ब डलरमा पुग्ने उनले उल्लेख गरे ।

‘आगामी दशकमा थप २२ लाखले रोजगारी पाउनेछन् । हाल व्यापार घाटा र अर्थतन्त्रको अनुपात करिब २८ प्रतिशत छ । १० वर्षमा आधा घटाउन सकिन्छ,’ उनले भने । महासंघले तयार पारेको १०० योजना कार्यान्वयनमा सरकारको सहकार्य आवश्यक रहेको पनि उनले बताए । ४० वटा योजना दुई वर्षभित्रै कार्यान्वयनमा लान सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL