Logo

चेम्बर अध्यक्षमा राजेन्द्र मल्ल चयन, वरिष्ठ उपाध्यक्षमा कमलेश अग्रवाल

चेम्बर अध्यक्षमा राजेन्द्र मल्ल चयन, वरिष्ठ उपाध्यक्षमा कमलेश अग्रवाल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष रहेका मल्ल चेम्बरको ७० औं वार्षिक साधारणसाभाबाट अध्यक्षमा चयन भएका हुन् ।

चेम्बरको आज भएको बन्दसत्रले मल्ललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसैगरी चेम्बरको वरिष्ठ उपाध्यक्षमा कमलेशकुमार अग्रवाल चयन भएका छन् । उनी यस अघि चेम्बरका उपाध्यक्ष थिए ।

यसैगरी चेम्बरको उपाध्यक्षहरुमा वाणिज्यतर्फबाट दिपक मलहोत्रा, जिल्लाबाट दिपक श्रेष्ठ, उद्योगबाट उर्मिला श्रेष्ठ, बस्तुगतबाट सुरेन्द्रकुमार श्रेष्ठ र संस्थागतबाट त्रिभुवन तुलाधर चयन भएका हुन् । चेम्बरको लाजिम्पाट स्थित सम्पदा गार्डेनमा भएको बन्दसत्रबाट अध्यक्ष लगायत पदाधिकारी चयन गरेको हो ।

यस अघिनै चेम्बरको ५५ सदस्यीय कार्यसमिति सदस्य सर्वसम्मत रुपमा चयन भैसकेको थियो । सोहीमध्यबाट आज अध्यक्ष लगायत पदाधिकारी चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL