Logo

राष्ट्रिय बीमा संस्थान र एनसीएचएलबीच सम्झौता, अब बीमा दावी भुक्तानी अनलाईनबाटै

राष्ट्रिय बीमा संस्थान र एनसीएचएलबीच सम्झौता, अब बीमा दावी भुक्तानी अनलाईनबाटै



काठमाडौं । राष्ट्रिय बीमा संस्थान र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच एक सम्झौता भएको छ । बीमा संस्थानको भुक्तानीसम्बन्धी कारोबारलाई एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने गरी उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा राष्ट्रिय बीमा संस्थानका तर्फबाट संस्थाका प्रशासक कवि प्रसाद पाठक र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय बीमा संस्थानले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई आफ्नो बैंकको माध्यमबाट नेशनल पेमेन्ट गेटवेमार्फत एनसीएचएल आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । साथै संस्थानका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइन मार्फत कनेक्ट आईपीएसबाट वा ५ हजारभन्दा बढि बैंक शाखाहरुबाट र एनसीएचएलसँग आबद्ध बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुको च्यानलहरु मार्फत पनि सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै संस्थान तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।

एनसीएचएलले हाल २६ जीवन तथा निर्जीव बीमा प्रदायक कम्पनीहरुको बीमा शूल्क (प्रिमियम) को अनलाईन संकलन सोझै बैंक खातामा हुने गरी व्यवस्था सञ्चालनमा रहेका छन् । यस्तै ५ वटा बीमा कम्पनीहरु भने आफ्नो कारोबारहरु पूर्ण स्वचालित रुपमा गर्न एनपीआई प्रणालीमा आबद्ध रहेका छन् । नेपाल क्लियरिङ हाउसका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरी सञ्चालनमा रहेको छ । जसमा हाल ६२ सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने विभिन्न सरकारी तथा अर्ध–सरकारी संस्थाहरु, पिएसपी÷ पिएसओ, इन्स्योरेन्स कम्पनीहरु, रेमिटेन्स, मर्चेन्ट बैंक लगायतका ५१ गैर—बैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL