Logo

सरकारको प्राथमिकतामा महेशपुर भन्सार, पूर्वाधार विकासदेखि ४ लेनेको सडक बनाउन बजेट विनियोजन गरिने

सरकारको प्राथमिकतामा महेशपुर भन्सार, पूर्वाधार विकासदेखि ४ लेनेको सडक बनाउन बजेट विनियोजन गरिने



काठमाडौं । सरकारले महेशपुर भन्सारलाई मुख्य भन्सार नाकाको रुपमा विस्तार गर्ने भएको छ । महेशपुर प्रमुख भसार नजिककै अन्तरराष्ट्रिय विमान स्थलका साथै औद्योगिक विकासको गति तिव्र रहेको नवलपरासी जिल्लामा रहेको सो भन्सारको पूर्वाधार विकास गरिने भएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद भण्डारी, नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागर मणि पाठक र नवलपरासी प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीहरुसँग आफ्नै कार्यकक्षमा भेट गर्दै आगामी बजेटमा उक्त भन्सारको स्तरोन्तीका लागि आवश्यक बजेट विनियोजन गरिने प्रतिवद्धता जाहेर गरेका हुन् ।

सो भन्सारको स्तरोन्नतीका साथै अन्य पूर्वाधार विकासको माग गर्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद भण्डारीले अर्थमन्त्री समक्ष ज्ञापन पत्र समेत बुझाएका थिए । उनले महेशपुर भसारसँग मित्रराष्ट्र भारतका सडक एवं भौतिक सरचनाहरुलाई स्तरोन्नती गराउन र हाल भारतको ठुटिवारी भन्सारमा आयात अधिकार नरहेकोले अधिकार सम्पन्न बनाउन कुटनितिक पहलको लागि समेत अनुरोध गरेका छन् ।

साथै भसार कोडको अभावमा औद्योगिक कच्चा पदार्थ, मेशीन औजार, लगायत उत्पादित वस्तुहरु महेशपुर भसारबाट आयात, निर्यात गर्न नपाएको भन्दै भन्सार कोड र पूर्ण रुपमा आयात निर्यात अधिकार प्रत्योजनको गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL