काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले करिव ३८ लाख बराबरको औषधि हस्तान्तरण गरेको छ ।
एनआरएनले भारतीय नाकाबन्दीका कारण बजारमा औषधि अभाव भएको भन्दै ३ करोडको औषधि दिने घोषणा गरेको थियो । सोहि अनुसार पहिलो लटमा ३८ लाखको औषधि मंगलबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
कम्तीमा एक महिनालाई पुग्ने औषधि ल्याउन चाहेको भए पनि विमानहरुले कार्गो बोक्न नमान्ने जस्ता समस्याले पहिलो लटमा ल्याउन नसकिएको अध्यक्ष शेष घलेले बताए ।
साथै नेपाललाई आवश्यक पर्ने औषधिहरु उपलब्ध गराउन तयार रहेको भन्दै उनले चीन, बंगलादेश र भारतमा किनिएका औषधि आउने क्रममा रहेको जानकारी दिए ।
स्वाथ्यमन्त्री रामजनम चौधरीले एनआरएनएसँगै दाताहरुले औषधि दिने भनेको र सरकरा आफैंले पनि औषधि किन्ने बताए ।