Logo

बढ्यो कोरोना संक्रमण, २५ जनाभन्दा बढी भेला हुन नदिन सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस

बढ्यो कोरोना संक्रमण, २५ जनाभन्दा बढी भेला हुन नदिन सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस



काठमाडौं । अब २५ जनाभन्दा बढी एकै स्थानमा भेला हुन नपाईने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) लाई २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन सिफारिस गरेको हो ।

पछिल्लो समय भारतमा बढ्दो संक्रमण र नेपालमा दोस्रो लहर सुरु भएसँगै सरकारले यसविरुद्ध सजगता अपनाउने निर्णय गरेको हो । यसबारे सीसीएमसीले आजै निर्णय गर्नसक्ने देखिएको छ । सीसीएमसीको बैठक आजै बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्
MBL