Logo

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक हजार बढेको छ ।

हिजो प्रतितोला ८८ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजारले बढेर ८९ हजारमा कारोबार भइरहेको् महहासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैंया रहेको छ । यस्तै,चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर प्रतितोला १२ सय ६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १२ सय ४५ रुपैंया रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL