काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर निजीकरणको अध्ययनको जिम्मा शोधशाला सेन्टर फर रिसर्च एण्ड पोलिसीलाई दिएको छ । अध्ययन तथा परामर्शका लागि ७ ओटा कन्सल्ट्यान्टले प्रपोजल पेस गरेकोमा शोधशालालाई छनोट गरेको हो ।
आगामी आइतवारदेखि नै अध्ययन कार्य अगाडी बढाउन निर्देशन दिइने महानगरपालिकाका पव्लिक प्राइभेट शाखा प्रमुख शिव अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अध्ययनबाट कन्सल्ट्यान्टले जम्मा फोहोर व्यवस्थापनबाट संकलन हुने रेभिनयु, तथा कस्टको डाटा निकाल्ने छ । अध्ययन सुरु गरेको ४ महिनाभित्र रिपोर्ट निकाल्नुपर्ने छ ।
काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने उदेश्यले सोको अध्ययनका लागि टेन्डर आवह्वान गरेको थियो । अध्ययन कार्य सकिएपछि त्यसपछी आएका प्रपोजलमध्येबाट उत्कृष्ट छानी टेन्डर गरेर डिस्पोज तथा संकलनको जिम्मा दिइने बताइएको छ ।
निजी कम्पनीले जम्मा रेभिन्यु बाट ४० प्रतिशत महानगरपालिकालाई बुझाउनु पर्नेछ ।
उपत्यकाको फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यका साथ जिम्मा दिन लागिएको उनले जानकारी दिए । हाल महानगरपालिकासँग फोहोर उठाउने २ सय ५० भन्दा बढी गाडी छ । त्यस्तै ९ सय कर्मचारी फोहोर उठाउन । हाल महानगरपालिकाले दैनिक ३ सय टन फोहोरबाट बार्षिक ४ करोड रेभिन्यु उठाउँदै आएको छ ।