Logo

दुबईबाट एक किलो सुन बोकेर आएका महरा विमानस्थलबाट पक्राउ, जाँच गर्ने क्रममा परे प्रहरीको जालमा

दुबईबाट एक किलो सुन बोकेर आएका महरा विमानस्थलबाट पक्राउ, जाँच गर्ने क्रममा परे प्रहरीको जालमा



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनजस्तो देखिने पहेंलो धातुसहित एक युवक प्रकाउ परेका छन् ।

प्रहरीका अनुसार मंगलबार राति विमानस्थलको भन्सारबाट करिब ८८४.४५० ग्राम सुन जस्तो देखिने पहेंलो धातु र करिब ४९.५५ ग्राम सुनजस्तो देखिने एक थान बालासहित धनुषाका ३४ वर्षीय प्रकाश महरालाई पक्राउ गरिएको हो ।

फ्लाई दुबई एयरलाईन्सको उडानबाट युएईको दुबईबाट काठमाडौं आएका उनलाई अराइभल भन्सार एरियामा जाँच गर्ने क्रममा उक्त परिमाणको धातु र बालासहित फेला पारी प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL