Logo

कोरोना बढेपनि सरकारले लकडाउन नगर्ने, बनायो यस्तो वैकल्पिक रणनीति

कोरोना बढेपनि सरकारले लकडाउन नगर्ने, बनायो यस्तो वैकल्पिक रणनीति



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ लाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले नेपाल अब फेरी लकडाउनमा नजाने बताएका हुन् ।

कार्यक्रममा मन्त्री त्रिपाठीले लकडाउनले कोरोना नियन्त्रण गर्न कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताए ।

उनले नेपाल फेरि पनि लकडाउनको अवस्थामा जाओस् भन्दै लकडाउनभन्दा अगाडि जति महत्वपूर्ण र प्रभावकारी कदमहरू छन्, सरकार ती सबै कदमहरू चाल्न तयार रहेको बताए ।

उनले भने, ‘हाम्रो छिमेकमा सबैतिर बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । आतंकित हुनुपर्ने अवस्था छैन। आतंकित हुनु भनेको यो संक्रमणलाई झन् थप्नु हो । सावधानी हुनुपर्छ, सतर्क हुनुपर्छ ।’

उनले सीमा नाकामा एन्टिजेन परीक्षण सुरू गरेको जानकारी दिदै नाकामा आइसोलेसन र क्वारेन्टिन निर्माण गर्ने काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL