Logo

चैत्र मसान्तसम्म आयकरको दोस्रो किस्ता बुझाउन सरकारको ताकेता, ठूला करदाता कार्यालयलाई पत्राचार

चैत्र मसान्तसम्म आयकरको दोस्रो किस्ता बुझाउन सरकारको ताकेता, ठूला करदाता कार्यालयलाई पत्राचार



काठमाडौं । आन्तरिक राजस्व विभागले चैत्र मसान्तसम्म करदातालाई आयकरको दोस्रो किस्ता बुझाउन आग्रह गरेको छ । विभागले दोस्रो किस्ताबापतको कर चैत्र मसान्तभित्रै बुझाउनुपर्ने बताउँदै ताकेता गरेको हो ।

मंगलबार सूचना जारी गर्दै विभागले कर नबुझाए शुल्क, जरिवाना तथा ब्याज लाग्ने बताएको छ । आर्थिक वर्ष २०७७र७८ को आयकरको दोस्रो किस्ताबापतको अनुमानित करको ७० प्रतिशत रकममध्ये तिर्न बाँकी रकम र यसअघि पेश गरिएको अनुमानित आय विवरण संशोधन चैतसम्म गर्नुपर्ने विभागको सूचनामा उल्लेख छ ।

विभागले सम्बन्धित ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरूमा समेत पत्राचार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL