Logo

बढ्यो सुनको भाउ, प्रतितोला ८७ हजार ५ सयमा कारोबार हुँदैं

बढ्यो सुनको भाउ, प्रतितोला ८७ हजार ५ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा वृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ३ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८७ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार ५० नै रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहदै प्रतितोला १२ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL