Logo

काठमाडौं प्रवेश गर्न अब एन्टीजेन परीक्षण अनिवार्य, हेल्थ डेस्कको व्यवस्था गर्न निर्देशन (विज्ञप्तिसहित)

काठमाडौं प्रवेश गर्न अब एन्टीजेन परीक्षण अनिवार्य, हेल्थ डेस्कको व्यवस्था गर्न निर्देशन (विज्ञप्तिसहित)



काठमाडौं । काठमाडौं जिल्ला कोभिड–१९ नियन्त्रण तथा रोकथाम समिति (डीसीएमसी) को सोमबार बसेको बैठकले काठमाडौं प्रवेश गर्ने नाकाहरुमा कडाई गर्दै स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न मातहतका नगरपालिकालाई निर्देशन दिएको छ ।

एन्टीजेनमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिएको छ । उक्त बैठकले सार्वजनिक स्थानमा गरिने कार्यक्रमलाई स्थगित गर्न पनि निर्देशन दिएको छ र गर्नैपरे स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

साथै नगरपालिकाभित्र एकएकवटा आइसोलेसन र क्वारेन्टिनको संचालन तथा व्यवस्थापन गर्नपनि भनिएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने निकायलाई दण्ड एवं जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्