Logo

फेरि देशभर बढ्यो वायु प्रदूषण : काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा, सचेत रहन आग्रह

फेरि देशभर बढ्यो वायु प्रदूषण : काठमाडौं विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा, सचेत रहन आग्रह



काठमाडौं । केही दिन हल्का पानी परेपछि कमजोर बनेको वायु प्रदूषणको मात्रा देशभरि फेरि बढेको छ। बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि आइतबारदेखि फेरि बढेको हो।

वातावरण विभागको तथ्याङ्कअनुसार सोमबार बिहान सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा छ। धनगढी एयर क्वालिटी इन्डेक्स ‘एक्युआई’ ४२९ पुगेको छ। दोस्रो नम्बरमा चितवनको भरतपुर छ। त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३२५ छ।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स ‘एक्वुआई’मा मापन गरिन्छ। एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ। एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानुचाहिँ घातक हो।

स्विट्जरल्याण्डको एक्युएआइआरका अनुसार सोमबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स ३३१ छ र काठमाडौं संसारकै धेरै वायु प्रदूषण भएको सहरको सूचीमा पहिलो नम्बरमा छ। विज्ञहरूले सुख्खा हिउँद, अत्याधिक डढेलो, कमजोर पश्चिमी वायु र धुँवा(धुलो प्रदुषण बढेको बताएका छन्।

बिहानको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स ९एक्युआई० ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३५९ छ ।

विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा म्यान्मार, तेस्रो नम्बरमा भारतको नयाँ दिल्ली, चौथोमा बंगलादेशको ढाका छ । प्रदूषणका कारण फेरि सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

विज्ञहरुका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।

५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।

यस्तै तुवाँलोका कारण काठमाडौं उपत्यकामा एक्कासी चिसोसँगै प्रदूषण बढेको छ । मौसम पूर्वानुमान महाशाखाले तुवाँलोका कारण काठमाडौं उपत्यकामा चिसो बढेको बताएको हो ।

मौसमविद् मीनकुमार अर्यालयले अहिले वायु मण्डल स्थिर रहेको हुँदा बिहानै पनि तुवाँलोजस्तो देखिएकाले चिसो बढेको बताए । उनले आगामी दुई तीन दिनसम्म यस्तै अवस्था रहने भएकाले सावधानी अपनाउन सबैलाई आग्रह गरे ।

उनका अनुसार सापेक्षिक आर्द्रता एकदमै कम हुनुलाई तुवाँलो भनिन्छ । बिहानै भए पनि तुवाँलोजस्तै देखिएको छ । उनले चैत महिनामा हुनुपर्ने गड्याङगुडुङ, हावाहारी र वर्षा नहुँदा उपत्यकाजस्ता देशका अन्य स्थानमा पनि तुवाँलो लाग्ने अवस्था आएको र यसबाट वायु प्रदूषण पनि बढेको बताए ।

दिउँसो थोरै घाम लागे पनि तुवाँलो पूरै हट्ने अवस्था नदेखिएको पनि महाशाखाले अनुमान गरेको छ । केही दिनयता देशभर वायु प्रदूषण बढेकाले सजगता अपनाउन यसअघि नै स्वास्थ्य मन्त्रालय, वातावरण विभागलगायत विज्ञले सुझाव दिइसकेका छन् ।

वायु प्रदुषणले खतराको तह पार गरेपछि गत साता सरकारले देशभरिका विद्यालय बन्द गरेको थियो। आइतबारदेखि विद्यालय फेरि खुले पनि प्रदुषण फेरि ह्वात्तै बढेको छ। विज्ञहरूले वायु प्रदुषणको असरबाट जोगिन सकभर घरबाहिर ननिस्किने, निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL