काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपैयाँले वृद्धि गरेको हो ।
निगमका अनुसार मूल्य समायोजनपछि काठमाडौं उपत्यका आसपासका क्षेत्रमा पेट्रोलको बिक्री मूल्य १२० र डिजेल तथा मट्टितेलको १०३ रुपैयाँ पुगेको छ ।
यसअघि पेट्रोलको मुल्य प्रतिलिटर ११८, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर १०१ रहेको थियो । निगमले निगमले हवाई ईन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।
निगमले इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको छ ।
निगमले गत माघ यता योसहित छैटौं पटक मुल्य बढाएको छ । मूल्य समायोजनपछि पनि निगमले १५ दिनमा ८८ करोड रुपैयाँका दरले घाटामा रहेको दाबी गरेको छ ।