Logo

गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ, २ अर्ब ठगीको अभियोग

गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ, २ अर्ब ठगीको अभियोग



काठमाडौं । ललितपुरको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई पक्राउ गरिएको छ ।

आइतबार महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर ल्याएको जनाइएको छ ।

गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

आफैँ अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्