Logo

४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित पक्राउ परे सन्दीप, कार्टुनमा प्याक गरेर बसबाट ल्याउँदै थिए काठमाडौं

४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित पक्राउ परे सन्दीप, कार्टुनमा प्याक गरेर बसबाट ल्याउँदै थिए काठमाडौं



काठमाडौं । काठमाडौँ जिल्ला चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकप्वाइन्टबाट नगद र गहनासहित एकजना पक्राउ परेका छन् ।

शनिबार दाङ तुलसीपुर उप–महानगरपालिका–५ का ३७ वर्षीय सन्दीप कौशल ४३ लाख नगद र ९ वटा छड्के तिलहरीसहित एक जना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

शनिबार तुलसीपुरबाट काठमाडौँ आउँदै गरेको प्रदेश नम्बर ३–०१–००–६ ख ०९१२ नम्बरको यात्रुबाहक बसबाट उक्त सामान बरामद गरिएको हो ।

प्रहरीका अनुसार बसको यात्रु हिँड्ने प्यासेजमा टेपले बेरेर राखिएको कार्टुनमा हरियो रङको ९ वटा छड्के तिलहरी, १ हजारको ३९०० थान, ५ सयको ८०० थान गरी ४३,००,००० (त्रिचालिस लाख) फेला परेको हो । पक्राउ परेका सन्दिपलाई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL