Logo

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा प्रधान, महासचिवमा अर्याल र कोषाध्यक्षमा सरिया विजयी

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा प्रधान, महासचिवमा अर्याल र कोषाध्यक्षमा सरिया विजयी



काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियसनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान तेस्रो कार्यकालका लागि चुनिएका छन् ।

४२ औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा प्रधानले अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३ सय २ मत पाउँदा अध्यक्षका अर्का प्रत्यासी नविनचन्द्र श्रेष्ठले ४३ मत ल्याएका थिए । 

वरिष्ठ उपाध्यक्षमा सुनिलकुमार गुरुङ, प्रथम उपाध्यक्ष विनोद चौरासिया, द्वितीय उपाध्यक्ष सुनिलकुमार बिड्ला निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा विश्वप्रसाद अर्याल र कोषाध्यक्षमा चतुर्भुज सरिया विजयी भएका छन् ।

शनिवार राति सार्वजनिक भएको चुनावी नतिजाअनुसार सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् । सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी तथा १२ जना कार्यसमिति सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL