Logo

आजबाट देशभरका विद्यालय पूर्ववत रुपमा सञ्चालनमा, प्रदूषण कम भएको विज्ञको निष्कर्ष

आजबाट देशभरका विद्यालय पूर्ववत रुपमा सञ्चालनमा, प्रदूषण कम भएको विज्ञको निष्कर्ष



काठमाडौं। आजदेखि देशैभरिका विद्यालय सञ्चालन हुने भएका छन् । वातावरण प्रदूषण कम हुँदै गएकाले आजदेखि विद्यालयहरु सञ्चालनमा आउन लागेका हुन् ।

वायु प्रदूषण बढेपछि सरकारले यही चैत १७ गतेदेखि सरकारले देशभरका विद्यालय ४ दिनसम्म बन्द गर्ने निर्णय गरेको थियो । तर उपत्यका बाहिरका कतिपय जिल्लामा भने विद्यालय बन्द नभइ नियमित सञ्चालन भएका थिए ।

काठमाडौं उपत्यकासहित देशका धेरैजसो भूभागमा वर्षा भएसँगै वायु प्रदूषण कम भएको छ । काठमाडौँसहित देशको पहाडी भू(भागका उत्यकाहरुमा करिब एक सातादेखि उच्च वायु प्रदूषण भई तुवाँलोले ढाकेको थियो ।

वर्षाले वायुमण्डलमा धेरै दिनदेखि थुप्रिएको घातक प्रदूषण घटाउन मद्दत पुगेको वरिष्ठ मौसमविज्ञ ऋषिराम शर्माले बताए । उनका अनुसार पानी पार्ने प्रणाली विकाससँगै हावासमेत चलेकाले प्रदूषण घट्न मद्दत पुग्नेछ । केही दिनदेखि हावासमेत नचल्दा प्रदूषण वायुमण्डलको तल्लो क्षेत्रमै तैरिएर बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL