Logo

प्रधानमन्त्रीले गरे १६५ वटा सडक निर्माणको संयुक्त शुभारम्भ, कुल लागत ५७ अर्ब १० करोड अनुमान

प्रधानमन्त्रीले गरे १६५ वटा सडक निर्माणको संयुक्त शुभारम्भ, कुल लागत ५७ अर्ब १० करोड अनुमान



काठमाडौं । प्रधानमन्त्री केी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट शनिबार बिहान सबै संघीय निर्वाचन क्षेत्रमा एक–एक वटाका दरले सडक शिलान्यास गरेका हुन् । सडक तीनवर्ष भित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।

सडकको कुल लागत ५७ अर्ब १० करोड रुपैयाँ अनुमान गरिएको छ । ‘निर्वाचन क्षेत्र रणनीतिक सडक’ कार्यक्रम अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुले सिफारिसमा सडक तय गरिएको हो ।

यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र वातावरणीय अध्ययन तयार भएको छैन ।

यी सडकमा अहिले पनि स्थानीय तह र प्रदेश सरकारले बजेट खर्च गर्दैछन् । सांसदहरुको ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL