Logo

देशका १६५ निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको प्रधानमन्त्रीले शुभारम्भ गर्दै, ३ अर्ब २० करोड रुपैयाँ बजेट

देशका १६५ निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको प्रधानमन्त्रीले शुभारम्भ गर्दै, ३ अर्ब २० करोड रुपैयाँ बजेट



काठमाडौं । देशका १६५ वटा निर्वाचन क्षेत्रमा एकैपटक सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको छ । शनिबार १६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको संयुक्त शुभारम्भ हुने भएको हो ।

बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले १६५ वटा निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र स्तरीय सडक निर्माणको सुरुआत गर्न लागेका हुन् ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाका अनुसार सडकहरुको निर्माण कार्य थाल्न प्रधानमन्त्री ओलीले शनिबार संयुक्त रुपमा शुभारम्भ गर्न लागेका हुन् ।

यो वर्ष सरकारले प्रत्यक निर्वाचन क्षत्रेमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।

यी सडकमा अहिले पनि स्थानीय तह र प्रदेश सरकारले बजेट खर्च गर्दैछन् । सांसदहरुको ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL