Logo

प्रधानमन्त्रीको उद्घोष, ३ बर्षभित्रै यांग्री र लार्केको पानी काठमाडौं आउँछ

प्रधानमन्त्रीको उद्घोष, ३ बर्षभित्रै यांग्री र लार्केको पानी काठमाडौं आउँछ



काठमार्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवको ३ बर्षभित्रमा यांग्री र लार्के खोलाको पानी मेलम्चीमा मिसाउने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै उनले २०८१ सालको नयाँ बर्षसम्म उक्त २ खोलाको पानी मेलम्चीमा मिसाउने बताएका हुन् ।

melamchi udhghatanउनले अब यांग्री र लार्केको पानी मेलम्चीमा मिसाउनका लागि आजैदेखि प्रक्रिया सुरु गरिने बताए । ‘मेलम्चीको पानीले मात्रै काठमाडौंको खपत निवारण गर्दैन,’ उनले भने, ‘तसर्थ आगामी ३ बर्षमा यांग्री र लार्केलाई ल्याएको खण्डमा मात्रै हामीलाई पानी पर्याप्त हुनेछ ।’

उनले आव यांग्री र लार्केलाई मेलम्चीमा मिसाउने आयोजनाको नाम मेलम्ची नराखेर अर्र्कै नाममा काम अघि बढाउने बताए । ‘हामी यो आयोजनाको नाम पुनः मेलम्ची राख्दैनौ, किन भने मेलम्ची नै नाम राख्दा जनताको मनमा पुनः ढिलाई हुने डर पैदा हुनेछ,’ उनले भने, ‘अब ढिलाई हुनुपर्नै कारण पनि छैनन् ।’ शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा मेलम्चीको पानीको उद्घाटन गरेकी छन् ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL