Logo

आजैदेखि उठ्यो काठमाडौंको फोहोर, ल्याण्डफिल साईटका स्थानीयसँग सहमति

आजैदेखि उठ्यो काठमाडौंको फोहोर, ल्याण्डफिल साईटका स्थानीयसँग सहमति



काठमाडौं । काठमाडौंको फोहोर फाल्ने स्थानका वासिन्दासँग सम्झौता भएसँगै आजैदेखि काठमाडौंको फोहोर उठाईने भएको छ । एक हप्तादेखि नउठेको काठमाडौंको फोहोर सिसडोलवासीसँग माग पूरा गर्ने र उनीहरुले फोहोर फाल्न दिने सहमति भएपछि आजैदेखि उक्त फोहोर उठ्ने भएको हो ।

सिसडोलको फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति र स्थानीय बसिन्दाहरुले विभिन्न माग राख्दै चैत १३ गतेदेखि सडकमा विरोध प्रदर्शन गरी फोहोर बिसर्जनमा अवरोध गर्दै आएका छन् । शुक्रबार नै सहमतिको मस्यौदा तयार गरेर हस्ताक्षर गर्ने र फोहोर बोकेका गाडीलाई मध्यान्हबाटै सिसडोलमा जान दिने गरी सहमति भएको महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सहमतिअनुसार नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले पूर्वाधार विकासका लागि आगामी आर्थिक वर्षमा तीन–तीन करोड पाउने भएका छन् ।

प्रभावित क्षेत्रका विद्यालयहरुमा संघीय सरकारबाट स्थायी दरबन्दी आएपछि स्वतः हट्ने गरी तत्कालका लागि ५१ जना शिक्षकको तलब खर्च व्यहोर्न काठमाडौं महानगरपालिकाले बजेट अनुदान दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रभावित क्षेत्रमा १५ बेडको अस्पताल सञ्चालनका लागि पूर्वाधार निर्माण गर्ने र डाक्टरका लागि आवश्यक रकम सहयोग गर्ने महानगरको प्रतिवद्धता छ ।

प्रतिक्रिया दिनुहोस्
MBL