काठमाडौं । परराष्ट्रमन्त्रालय अन्तर्गतको राहदानी विभागले पासपोर्ट वितरणमा लाइभ इनरोलमेन्ट सिस्टम थाल्ने भएको छ । विभागले पासपोर्ट वितरण सहज बनाउन यस्तो प्रणाली लागु गर्न लागेको हो ।
यो सिस्टमबाट अनलाइनमै फारम भरेर सहज रुपमा विभागमा पठाउन सकिने विभागले जानकारी दिएको छ । पहिलो साता परीक्षणका रूपमा सरकारी र कूटनीतिक पासपोर्ट लाइभ इनरोलमेन्ट प्रणालीबाट बनाइनेछ । अर्को सातादेखि सर्वसाधारणलाई पनि यो सुविधा दिइने विभागले जानकारी दिएको छ ।
सर्वसाधारणलाई लामो लाइन बस्नुपर्ने बाध्यता तथा अनावश्यक ढिलाईको समस्या हट्ने छ । यससँगै हस्तलिखित पासपोटहरु नचल्ने भएका छन् । यससँगै हस्तलिखित पासपोर्ट बोकेर नयाँ स्थानमा जान नपाइने विभागले जानकारी दिएको छ ।
यस प्रणालीअनुसार कम्प्युटरबाट सिधै फोटो खिचेपछि फारम पनि त्यहीं बसेर भर्न सकिन्छ । इलेक्ट्रोनिक हस्ताक्षर तथा औंठाछाप दिनुपर्ने हुन्छ । फाराम भर्ने्बित्तिकै पासपोर्ट बनाउने विभागमा तत्काल पुग्नेछ भने त्यहीबाट र पासपोर्ट छापिने स्थानमा सोझै जान्छ ।
हाललाई विदेशमा रहेकालाई सिधा उडानमा स्वदेशमा फर्कन भने समस्या हुँदैन ।
हस्तलिखित पासपोर्टको अन्त्य गरेसँगै विभागले नयाँ व्यवस्थित प्रक्रियाले पासपोर्ट वितरणका लागि यस्तो व्यवस्था ल्याएको हो । ४–५ दिनमै पासपार्ट हात पर्नेगरी यस्तो व्यवस्था ल्याइएको विभागले जानकारी दिएको छ ।