Logo

महासंघ प्रतिनिधिमण्डल र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच भेट, निर्माण उद्योगको समस्याबारे छलफल

महासंघ प्रतिनिधिमण्डल र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबीच भेट, निर्माण उद्योगको समस्याबारे छलफल



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कडेँललाई भेटी निर्माण व्यवसायीहरूका समसामयिक समस्या र समाधानका सम्बन्धमा जानकारी गराएको छ ।

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले कडेँललाई विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना भाइरस ९कोभिड—१९० का कारण निर्माण व्यवसाय थप मारमा परेको बारे अवगत गरायो । जवाफमा उपाध्यक्ष कडेँलले म्याद थप र भुक्तानी समस्याका कारण निर्माण व्यवसायीहरू समस्यमा रहेको बारे आफू जानकार रहेको बताए । उनले छिट्टै विकास मन्त्रालयहरूको बैठक डाकेर समस्या समाधानका लागि ठोस पहल गर्ने आश्वास पनि दिए ।

महासंघ प्रतिनिधिमण्डलले निर्माण कार्यको म्याद थप, धरौटी रकम फिर्ता लगायतका विषयमा आफ्नो लिखित सुझाव पेश गरेको छ । योजना हस्तान्तरण , क्रेडिट लाइनको कमिशन, डिजेलमा लागेको मुल्य अभिवृद्धि कर फिर्ता सम्बन्धमा पनि महासंघले आफ्नो लिखित धारणा पेश गरेको छ । स्रोतमा कट्टी भएको अग्रिम मुल्य अभिवृद्धि।कर रकम फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुट सम्बन्धमा समेत महासंघले आफ्नो आधिकारिक धारणा राखेको महासंघको विज्ञप्तिमा जनाइएको छ ।

हाल संसदमा संशोधनको लागि दर्ता भएको सार्वजनिक खरिद ऐन, २०६३ र मस्यौदाको रुपमा रहेको निर्माण व्यवसाय ऐन, २०५५ लगायतका निर्माणसँग सम्बन्धित कानूनहरु निर्माण मैत्री हुने गरी संशोधन गरिनुपर्ने माग पनि महासंघले अघि सारेको छ ।

विगत केही समय यता देशका विभिन्न भागमा निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र निर्माण कार्यका लागि प्रयोगमा रहेका यन्त्र उपकरण माथि अज्ञात समुहबाट पटक पटक भइरहेको श्रृखंलावद्ध आक्रमण तथा आगजनीका घटना बारे पनि महासंघ प्रतिनिधिमण्डलले उपाध्यक्ष कडेँलको ध्यानाकर्षण गराएको छ ।

महासंघ प्रतिनिधिमण्डलमा उपाध्यक्ष आङ दोर्जी लामा, महासचिव रोशन दाहाल, सदस्य अशोक केसी, कार्यालय प्रमुख प्रेमसिंह ऐर, जनसम्पर्क अघिकृत रामचन्द्र गिरीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL