Logo

एमालेबाट घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बन, ६ महिनासम्म पार्टीको साधारण सदस्यसमेत नरहने

एमालेबाट घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बन, ६ महिनासम्म पार्टीको साधारण सदस्यसमेत नरहने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट निलम्बन गरेको छ । केहिदिनअघि बरिष्ठ नेताहरु माधवकुमार नेपाल र भिम रावललाई ६ महिनाका लागि निलम्बर गरेका अध्यक्ष केपी शर्मा ओलीले भुसाल र पाण्डेलाई पनि निलम्बन गरेका हुन् ।

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए । तर उक्त स्पष्टिकरण चित्तबुझ्दो नभएपछि उनिहरुलाई निलम्बनको पत्र पठाईएको हो ।

पार्टीले नेतालाई पठाएको पत्रमा पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु स्पष्टीकरणमा लेखेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्