Logo

चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको भेरोसेल खोप : ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दिने सरकारको तयारी

चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको भेरोसेल खोप : ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दिने सरकारको तयारी



काठमाडौं । चीन सरकारबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको भेरोसेल खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका समूहका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वाधारको हिसाबले देशका विभिन्न अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई यो खोप दिने तयारी गरेको हो ।

खोप दिने मिति सुनिश्चित भइनसकेको भएपनि अस्पतालको व्यवस्थापन टुंगो लागेसँगै चाँडै नै खोप दिइने मन्त्रालयको भनाई छ ।

चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । उक्त खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो ।

यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्