काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा चुनावी सरगर्मी बढेको छ । यहिँ चैतमा हुने नयाँ नेतृत्व चयनका लागि चुनावी प्रतिस्पर्धा बढेको हो ।
चेम्बरको यहिँ चैत २६ र २७ गते काठमाडौंमा ७० औं वार्षिक साधारणसभा तथा निर्वाचन हुँदैछ । कुल ५५ पदको लागि हुने उक्त निर्वाचनका लागि ६३ जनाको उम्मेदवारी परेको चेम्बर स्रोतले जानकारी दिएको छ ।
चेम्बरमा यस अघि सर्वसम्मत रुपमा नेतृत्व चयन भएपनि यस पटक भने आकांक्षीहरु बढी देखिएका छन् । चेम्बरको विधान अनुसार सुरुमा ५५ जना सदस्यको लागि निर्वाचन हुने र उक्त निर्वाचतबाट चयन भएका सदस्यहरुले नै अध्यक्ष लगायतका पदाधिकारी चयन गर्नेछन् ।
संघीय संरचना अनुरुप चेम्बरमा प्रदेश समेत गरी कुल ६२ जनाको कार्यसमिति हुने छ । जसमा प्रदेशबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको पनि केन्द्रिय कार्यसमितिले नै चयन गर्नेछ ।