Logo

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार



काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५ सयले घटेर ८६ हजारमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ८६ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५५० रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आज प्रतितोला १२ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL