Logo

माधव नेपाल र भिम रावललाई पार्टीको कारबाही, एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बित

माधव नेपाल र भिम रावललाई पार्टीको कारबाही, एमालेको साधारण सदस्यसमेत नरहने गरी निलम्बित



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निलम्बित गरेको छ । सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै जनालाई ६ महिनाका लागि निलम्बन गरेको पत्र पठाएका हुन् । पत्रमा दुवै जनाले पार्टी नेतृत्वविरुद्ध लागेको, केन्द्रिय समितिको बैठक सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरिएको उल्लेख छ ।

‘तपाईँले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरुसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरुको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ त्यस कार्यलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहङ्कार र आन्तकेन्द्रित कुराहरु उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो’, पत्रमा भनिएको छ ।

यस्तै पत्रमा दुवैजनालार्य सच्चिनका लागि अन्तिम मौका भएको समेत उल्लेख गरिएको छ । आफ्ना विचार र क्रियाकलापहरु सच्याइ पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधिको बीचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL