Logo

थारु कल्याणकारी सभासँग वार्ता गर्ने सरकारको निर्णय, सरकारी टोलीको नेतृत्व गृहमन्त्रीले गर्ने

थारु कल्याणकारी सभासँग वार्ता गर्ने सरकारको निर्णय, सरकारी टोलीको नेतृत्व गृहमन्त्रीले गर्ने



काठमाडौं । सरकारले आन्दोलनरत थारु कल्याणकारी सभासँग वार्ता गर्ने भएको छ । सोमबार सरकारको निर्णय सुनाउने गरी आयोजना गरिएको आकस्मिक पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सभासँग वार्ता गर्नेगरी वार्ताटोली गठन गरिएको बताए ।

उनले गृहमन्त्री राम बहादुर थापा (बादल)को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सांसद भगवती चौधरीसहितको वार्ता टोली बनाएको हो । पछिल्लो समय सभाले सांसद रेशम चौधरीलगायत बन्दीहरुलाई रिहाइ गरिदिन माग गर्दै आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL