Logo

पूर्व प्रधानमन्त्रीद्धय नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाई, बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिएलान ?

पूर्व प्रधानमन्त्रीद्धय नेपाल र भट्टराईविरुद्धको मुद्दामा आज सुनुवाई, बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिएलान ?



काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई लगायतलाई भ्रष्टाचार मुद्दा चलाउन माग गरिएको मुद्दा सोमबार पेसीमा राखेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथी सर्वोच्चमा सोमबारका लागि पेसी तोकिएको हो ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलासमा १ नम्बरमा पेसी तोकिएको हो । गत फागुन २ गते सर्वोच्चले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको थियो ।

अग्राधिकारप्राप्त रिटको सुनुवाइ यसअघि पेसीमा चढे पनि स्थगित हुँदै आएको थियो ।

यसअघि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय आन्दनमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले अख्तियारसँग फाइल मगाउने आदेश गरेको थियो ।

अदालतले अख्तियार, विशेष सरकारी वकिल र सम्बन्धित अन्य निकायसँग आवश्यक विवरण मगाउने आदेश गरेपछि यो मुद्दा थप अध्ययनको चरणमा प्रवेश गरेको थियो ।

सोमबार सुनुवाइ भएमा सम्भवतस् अन्तिम सुनुवाइ सुरु हुनेछ । विशेष अदालतमा रहेको मुद्दामा धमाधम थुनछेक आदेश भइरहेको छ । यही मुद्दामा मुछिएका अख्तियारकै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसहित तीन जना पुर्पक्षका लागि थुनामा पठाउन विशेषले आदेश गरिसकेको छ ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा गराएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्रीहरूसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL