Logo

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

शुक्रबार ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेर प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य आज ८६ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ ।

चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । गएको शुक्रबार १२ यस ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL