काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ८ लाख डोज खोप काठमाडौं आइपुगेको छ। चीनले प्रदान गरेको खोप लिएर नेपाल एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौँ आइपुगेको हो ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सो खोप विमानस्थल पुगेर स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । चीनले नेपालका लागि उपलब्ध गराएको भ्याक्सिन सार्स कोभ(२ भ्याक्सिन (भेरोसेल) सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो । यो खोप पनि दुई डोज लगाउनुपर्छ ।
यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड–१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । सो सरकारी निर्णय बमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भए अनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोप लगायत सहायता सामग्री लिन निगमको जहाज आइतबार बेइजिङ गएको थियो ।
योसँगै भारतले अनुदानमा दिएको १० लाख डोज, नेपाल आफैले किनेको १० लाख डोज गरि नेपालमा अहिलेसम्म २८ लाख डोज कोरोनाविरुद्धको खोप भित्रिएको छ ।