Logo

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै, मूल्य कोभिसिल्डभन्दा महँगो

चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज नेपाल ल्याइँदै, मूल्य कोभिसिल्डभन्दा महँगो



काठमाडौं। छिमेकी मित्रराष्ट्र चीनले अनुदान दिएको ८ लाख डोज कोरोनाविरुद्धको ‘भेरासेल’ खोप आज काठमाडौं ल्याइँदै छ। कोभिसिल्डभन्दा महँगो चिनियाँ खोप भेरासेल चीन सरकारले नेपाललाई सहयोगस्वरुप दिएको हो।

चीनको सिनोभ्याक बायोटेक कम्पनीले उत्पादन गरेको उक्त खोप २ देखि ८ डिग्री सेल्सियसम्म भण्डारण गर्न सकिने बताइएको छ। यो खोपको पनि दुई मात्रा लगाउनुपर्छ।

खोप लिन आइतबार बेइजिङ पुगेको नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज आज राति खोप बोकेर फर्किन लागेको हो। जहाज स्थानीय समयानुसार अपराह्न साढे ४ बजे बेइजिङबाट उड्नेछ र राति साढे ८ बजे काठमाडौं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL