Logo

कोरोनाबाट विदेशमा थप ३ जनाको निधन, हालसम्म ३४५ जनाले विदेशमै गुमाए ज्यान

कोरोनाबाट विदेशमा थप ३ जनाको निधन, हालसम्म ३४५ जनाले विदेशमै गुमाए ज्यान



काठमाडौं । कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विदेशमा थप ३ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता प्राप्त तथ्यांकअनुसार यूकेमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २२ देशमा रहेका ३सय ४५ जना नेपालीको निधनभएको छ । संयोजक डा। सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएकोछ । तीमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८प्रतिशत रहेको छ। यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार ३७ जनाको निधनभएको छ ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७६ हजार ७ सय ५० जना भने २ लाख ७२ हजार ४ सय ३५ जना कोरोनाबाट मुक्त भएकाछन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत छ ।

स्वास्थ्य समितिका संयोजक डा।सापकोटाले पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको रभारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सबैलाई अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन्

उच्च स्वास्थ्य सतर्कता अपनाउनुका साथै खोप लगाएका रनलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावाओहोर दोहोर हुनेठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाईका साथ पालना गर्न उनले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL