Logo

स्वेज नहरमा जहाज फसेपछि तेलको मूल्यमा ४ प्रतिशतको वृद्धि, नेपालमा के हुन्छ ?

स्वेज नहरमा जहाज फसेपछि तेलको मूल्यमा ४ प्रतिशतको वृद्धि, नेपालमा के हुन्छ ?



काठमाडौं । विश्वकै प्रमुख व्यापारिक मार्गका रुपमा रहेको स्वेज नहरमा ठूलो पानीजहाज फसेपछि एक सातायता सो मार्ग बन्द रहेको छ ।

आइतबार रातिसम्म खुल्ने भनिएको सो मार्गमा जहाज अड्किएसँगै अन्रराष्ट्रिय बजारमा पुट्रोलिय पदार्थको मूल्य बढेको छ । एक सातादेखि ४ यस मिटर लामो र ६४ मिटर चौडाई भएको विशाल कार्गो विमान तेर्सो भएर अड्किएपछि त्यहाँ २ दर्जन बढी कार्गो जहाजहरु अड्किएका छन् ।

त्यसकै कारण एशियामा कच्चा तेलको आयात रोकिँदा तेलको मूल्य बढिरहेको छ । यता क्यानल ब्लक भएकै कारण कच्चा तेल निर्यात गर्ने देशहरुमा भने कच्चा तेलको मूल्य लगातार घट्दो क्रममा छ ।

यस्तै युरोपमा कोरोना भाईरसको प्रभावले गरिएको लकडाउन र क्यानलमा भएको ब्लकका कारण केही हप्ता तेलको व्यापारमा अस्थिरता आउने विज्ञहरुले बताएका छन् ।

२०२० मा प्रतिदिन ३ करोड ९२ लाख व्यारलको तेल व्यापारमध्ये १७ लाख ब्यारल प्रतिदिन कच्चा तेल स्वेज नहरबाट गएको तथ्यांक छ । यस्तै उक्त क्यानलमार्फत १५ लाख व्यारल रिफाईन्ड तेल गएको बताइएको छ ।

स्वेज नहरमा जहाज अड्किदा एसियामा आउने कच्चा तेलमा मूल्यवृद्धिका कारण नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुने अनुमान गरिएको छ । भारतीय आयल निगमले अप्रिल १ मा नयाँ मूल्य नेपाललाई पठाउने भएकाले अप्रिल १ देखि मूल्य बढन सक्ने बताइएको छ । नेपाल पेट्रोलियम पदाथमा पूर्णतया भारतमा निर्भर छ भने भारतले पनि अन्य देशबाट ल्याएर प्रसोधन गर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL