Logo

अन्जन श्रेष्ठको सभापतित्वमा महासंघको वस्तुगत परिषद् विस्तार, ३ उप-सभापतिसहित १८ सदस्य मनोनित

अन्जन श्रेष्ठको सभापतित्वमा महासंघको वस्तुगत परिषद् विस्तार, ३ उप-सभापतिसहित १८ सदस्य मनोनित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत परिषद विस्तार भएको छ । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको सभापतित्वमा उक्त परिषद विस्ता गरिएको हो । परिषद्को पहिलो बैठकले परिषद्को उप–सभापतिहरूमा अरनिको राजभण्डारी, सुनिल गोपाल श्रेष्ठ र सुरेन्द्र भाई शाक्यलाई चयन गरेको छ ।

त्यसैगरी परिषद्को सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मिनमान श्रेष्ठ, सुमित कुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनिषलाल प्रधान, प्रकाश सिंह कार्की, हेमराज ढकाल, विष्णु प्रसाद गैरे, संदिपकुमार अग्रवाल, गोेविन्द ढुंगेल, सुवोध कुमार गुप्ता, आकाश अधिकारी, राम बहादुर श्रेष्ठ, बच्चु पौडेल, रविन पुरी, लिलेन्द्र प्रसाद प्रधान र रितेस लामिछाने रहेका छन् ।

यस्तै परिषद्को विशेष आमन्त्रितहरूमा दिपकप्रसाद दाहाल, सारदा रिजाल, भुपेन्द्र प्रसाद गौतम, अशोक शर्मा, रविन श्रेष्ठ, सूर्य बहादुर मगर, दिपक पाण्डे, दूर्गा विक्रम थापा, गोकुल भण्डारी, कुमार कसजु श्रेष्ठ, मृगेन्द्र मेहर श्रेष्ठ, रवि सिंह, राजकुमार कार्की, सरोज काजी तुलाधर, शंकर खड्का, श्रीराम अधिकारी, सिताराम रेग्मी, स्वयम्भु कृष्ण श्रेष्ठ, टिकाराम पोखरेल, सुनिल कुमार धानुका(वंशल), सुवाष भण्डारी, रामकृष्ण श्रेष्ठ, मनोज अधिकारी, चन्द्र प्रसाद न्यौपाने, श्याम सुन्दर ढकाल, महेन्द्र बहादुर चित्रकार, कमलराज अधिकारी, रामेश्वर शाह, मणी देव भटटराई, विष्णु बहादुर कार्की, हरिहर फुयांल, ईन्द्र खनाल र स्वर्णा ताम्राकार छन् । साथै अनुपबहादुर मल्ल, विप्लवमान सिंह, राजन शर्मा, शिव प्रसाद घिमिरे, उदय चापागाईं, मोहनकुमार सुनार, रमेश प्रसाद श्रेष्ठ, देवदास मानन्धर, राजेन्द्र घिमिरे, डा. हेमन्त दवाडी र रितेस रिमाल परिषद्मा सल्लाहकारमा मनोनित भएका छन् ।

परिषदको पहिलो विस्तारित बैठकमा महासंघका अध्यक्ष शेखर गोल्छाले परिषद्मा विभिन्न जिम्मेवारीमा मनोनित भएकाहरुलाई महासंघको तर्फबाट पत्र हस्तान्तरण गरे । कार्यक्रमलाई संवोधन गर्दै उनले वस्तुगत संघहरू महासंघको “ब्रेन” को रुपमा रहेको बताए । महासंघ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत संघहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको उनले बताए ।

महासंघ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै हाम्रो मुख्य थीम नै “सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल” रहेकाले सिंगो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिएका छन् । महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र कोषाध्यक्ष सुकुन्तलाल हिराचनले परिषद् मार्फत क्षेत्रगत विषयमा छलफल चलाई वस्तुगत संघहरूका समस्या समाधानमा परिषद्लाई सफलता मिल्दै जाओस भनेका छन् ।

परिषद्का सभापति अन्जन श्रेष्ठले सबै वस्तुगत संघहरूका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत संकलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL