Logo

काठमाडौंको आकाशभरी बाक्लो तुवाँलो, अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित

काठमाडौंको आकाशभरी बाक्लो तुवाँलो, अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान अवतरण प्रभावित



काठमाडौं । काठमाडौंको आकाशमा एक्कासी तुवाँलो बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार दिउँसो २ बजेदेखि विमानस्थलमा उडान तथा अवतरण बन्द भएका हुन् ।

‘भिजिविलिटी’ नपुगेका कारण उडान र अवतरण बन्द गरिएको विमानस्थल स्रोतको भनाई छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा वन्यजन्तु आरक्ष, मकवानपुरका केही जंगलमा आगलागी हुँदा काठमाडौं र आसपासको क्षेत्र धुवाँले ढाकेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्