Logo

राति ९ बजेपछि कुनै गतिविधि गर्न नपाईने, सिमामा कडाई, स्वास्थ्य मापदण्ड पुर्ण पालना गर्न निर्देशन

राति ९ बजेपछि कुनै गतिविधि गर्न नपाईने, सिमामा कडाई, स्वास्थ्य मापदण्ड पुर्ण पालना गर्न निर्देशन



काठमाडौं । सरकारले राति ९ बजेपछि सबै गतिविधि बन्द गर्न कोभिड–१९ व्यवस्थापन केन्द्र निर्देशक समिति (सिसिएमसी)लाई सिफारिस गरेको छ। मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै राति ९ बजेपछि हुने सबै गतिविधि बन्द गर्न निर्देशन दिएको हो । यस्तै नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्न सिफारिस गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउन आग्रह गरिएको छ । भारत, बेलायतत, जर्मनी, फ्रान्सलगायत देशमा कोरोनाको संक्रमण बढेकोले नेपालमा पनि थप सतर्कता अपनाउन भनिएको विज्ञप्तीमार्फत भनिएको छ ।

यस्तो छ मन्त्रालयको निर्देशक :

प्रतिक्रिया दिनुहोस्