Logo

भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालको खोप कार्यक्रम अन्यौलमा

भारतले लगायो कोरोना खोप निर्यातमा रोक, नेपालको खोप कार्यक्रम अन्यौलमा



काठमाडौं । भारतले कोरोना बिरुद्धको खोप निर्यातमाथि रोक लगाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका छन् ।

भारतको खोप निर्माता सीरम इंस्टिच्युटले बेलायत र ब्राजिलका लागि खोप निर्यातमा ढिलाई गरिरहेकै बेला भारतको यो निर्णयले विश्वका कयौं राष्ट्रहरु प्रभावित हुने भएका छन् ।

भारतले अक्सफोर्ड–एस्ट्राजेनेका खोप हालसम्म ७६ राष्ट्रहरुमा ६ करोड खोप उपलब्ध गराइसकेको छ । भारतमा एकैदिन ४७ हजार कोरोना संक्रमित हुँदा २ सय ७५ जनाको मृत्यु भएपछि भारत सरकार कोरोना नियन्त्रणको उपाय अवलम्बनतर्फ लागेको छ ।

भारतमा आगामी अप्रीलदेखि ४५ बर्ष भन्दा माथिका उमेर समुहका ब्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम तय गरिएको छ । भारतको यो निर्णयसँगै नेपालले भारतबाट खरिद गरेको १० लाख डोज खोप नआउने भएको छ । यससँगै नेपालको खोप कार्यक्रम अन्यौल अवस्थामा पुगेको सम्बन्धितहरु बताउँछन् ।

भारतले निर्यात रोकेसँगै नेपालमा पहिलो चरणमा खोप लगाइसकेका र दोश्रो डोज खोप पपर्खिरहेका नेपालीले कहिले खोप लगाउन पाउने भन्ने पनि अनिश्चित बनेको छ । नेपाल सरकारले भने यससम्बन्धमा अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्
MBL